Sagun Khabar
बैतडीमा पनि मदन भण्डारीको ७१ औँ  जन्मजयन्ती  मनाइयो

बैतडी- जननेता  मदन भण्डारीको जन्मजयन्ती बैतडीमा पनि मनाइएको  छ । नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको  ७१ औँ जन्मजयन्ती जिल्लामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

मंगलबार  मदन भण्डारी फाउन्डेसनकोे आयोजनामा भण्डारीको ७१ औ जन्म जयन्ती  मनाइएको मदन भण्डारी फाउन्डेसनका केन्द्रिय  सदस्य सरस्वती नेपालीले  जानकारी  दिए ।

 वर्तमान राजनितिक परिस्थितीमा  जनताको बहुदलिय जनवादको सान्दर्भिकताका विषयमा  विचार गोष्ठीको आयोजना गरी जन्मजयन्ती  मनाईएको उनले बताए । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो। नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो। मंगलबार भएको   कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरुको  सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update