Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाइट नै छैन् अपडेट 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाइट अपडेट नभएको पाइएको छ । पछिल्लो समय सबैले  हेर्ने गरेको प्रशासनको वेबसाइट अपडेट नभएको पाइएको हो । जिल्ला स्थित कार्यालय प्रमुखहरुको विवरणमा कर्मचारीको पुरानै विवरण राखिएको पाइएको छ । 

सो वेबसाइटमा जिल्लाबाट सरुवा भएर गएका जिल्ला स्थित कार्यालयका प्रमुखहरुको नाम अहिले सम्म हटाइएको छैन् । 

जिल्लास्थित कार्यालय प्रमुखको सूचीमा अहिले पनि प्रमुख जिल्ला अधिकारी  राजेन्द्रदेव पाण्डेको नाम उल्लेख गरिएको छ । 

वेबसाइटको फ्रन्ट पेजमा नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नाम भएपनि भित्र भने पाण्डेको नाम नै राखिएको छ । 

यस्तै जिल्लास्थित अन्य  कार्यालय प्रमुखहरुको नाम समेत पुरानै रहेका छन् । उनीहहरु महिनौ पहिले बैतडीबाट सरुवा भएर गइसकेपनि सो विवरणमा  भने पुरानै प्रमुखहरुको नाम रहेको छ । 

यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु फेरबदल भएका भएपनि प्रशासनको वेबसाइटमा पुरानै नामा रहेका छन । जिल्ला प्रशासन कार्यालयकै वेबसाइट अपडेट नहुँदा धेरैलाई समस्या हुने गरेको छ । 

यो बिषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीलाई सोध्दा सूचना प्रविधि फाँटमा यो कुरा राखेर तुरुन्तै सच्याइने बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update