Sagun Khabar
बैतडीको पुर्चौंडीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६२जनाले सेवा लिए 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १० मा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा ३ सय ६२ जनाले सेवा लिएका छन् । 

सोमबारदेखि मंगलबार सम्म सञ्चालन भएको शिविरमा विभिन्न रोगहरुको चेकजाँच तथा उपचार गरिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । 

शिविरमा ६४ जनाको पाठेघर तथा क्यान्सरको स्क्रिनिङ गरिएको छ भने ८ जना पाठेघर खसेका बिरामीहरुको चेकजाँच गरिएको छ । यस्तै शिविरमा २४ जनाले आइयूसिडी तथा इम्पलान्ट सेवा लिएका छन् भने ६ जनालाई बाँझोपन सम्बन्धि जानकारी दिइएको छ । 

यस्तै तल्लो पेट सम्बन्धि समस्या भएका ९४ जनाले सेवा लिएका छन् भने २१ जना किशोरकिशोरीहरुले सेवा लिएका छन् । यस्तै ३८ जना गर्भवती महिलाहरुले अल्ट्रासाउण्ड सेवा लिएका छन् भने ७४ जना अन्यहरुले अल्ट्रासाउण्ड सेवा लिएका छन् । यस्तै अन्य ३३ जना विभिन्न समस्या भएका बिरामीहरुको चेकजाँच गरिएको कुँवरले बताए । 

दुर्गम क्षेत्रका नागरिकहरुलाई गाउँमै गएर सेवा दिने उद्देश्यका साथ शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update