Sagun Khabar
बैतडीमा बालबालिकाको नेतृत्व विकासका लागि तालिम

बैतडी- बैतडीमा बालबालिकाको नेतृत्व विकासका लागि तालिम दिइएको छ । दलति विकास मञ्च बैतडीको  आयोजनामा बालबालिकाहरुलाइ नेतृत्व विकासका लागि तालिम दिइएको हो ।

मेलौली नगरपालिकाका  बालबालिकाहरुलाइ  तालिम दिइएको दलित विकास  मञ्च बैतडीका सदस्य शुरेश सेरलाले जानकारी  दिए । वडा नं २ र ३ का ४ ओटा विद्यालयमा  गठित बालक्लव  पदाधिकारीहरुलाइ तालिम दिइएको  उनले बताए ।

वडा नं  २ को सलेनामा आयोजना गरिएको  तालिममा बालबालिकाहरुलाइ नेतृत्व सिकास बारे सिकाइको  र संगसगै बालबिबाहले गर्ने  असरका बारे पनि प्रशिक्षण गरिएको सदस्य  शेरलाले  बताए  ।

सोमबारबाट सञ्चालन भएको  तालिम मंगलबार  सम्पनन भएको  छ ।  तालिममा  करिब ३० जना बालबालिकाको  सहभागिता रहेको  थियो । 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update