Sagun Khabar
अपडेट भयो जिल्ला प्रशासन कार्यालय  बैतडीको वेबसाइट

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाइट  अपडेट भएको छ । सगुन खबरले  ‘जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाइट नै छैन अपडेट’ भन्ने शिर्षकको  समाचार  प्रकाशन गरेपछि  जिल्ला प्रशासन कार्यालयको  वेबसाइट अपडेट भएको हो ।

जिल्ला स्थित कार्यालय प्रमुखहरुको विवरणमा कर्मचारीको पुरानै विवरण थियो । सो वेबसाइटमा अहिले ताजा जानकारी राखिएको छ । जिल्लाबाट सरुवा भएर गएका जिल्ला स्थित कार्यालयका प्रमुखहरुको नाम हटाएर अहिले  जिल्ला भित्र  कार्यरत कार्यालय प्रमुखहरुको विवरण राखिएको हो ।

 यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र  भारतीले खबरदारि गरेकोमा धन्यवाद दिदै अगामि दिनमा पनि यस्तै प्रतिकृया दिन आग्रह गरे । पछिल्लो समय सबैले हेर्ने गरेको प्रशासनको वेबसाइट अपडेट नुहँदा  समस्या थियो अब भने  अपडेट भए पछि  सहज भएको छ । 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update