Sagun Khabar
बैतडीमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा ५ जना घाइते 

बैतडी-  बैतडीमा  अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा  ५ जना घाइते भएका छन् । महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका ६ स्थित बाङ्गाबगरमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा   ५ जना घाइते  भएका हुन्।

प्रहरीचौकी गोकुलेश्वरका इन्चार्ज नरेन्द्र धामीले  पञ्ज्युनयाबाट गोकुलेश्वर तर्फ गइरहेको सुपप्र ०२००३ प ९३६७  नं को मोटरसाईकल र विपरित दिशाबाट आइरहेको सुप प्र ०१००१ ह ४९६७ नं को  अटो एकआपसमा ठोक्किदा ५ जना घाइते  भएका जानकारी दिए  ।

उनका अनुसार  घाईते हुनेमा दार्चुलाको लेकम १ का ३२ वर्षीय मान सिहं कार्की उनकै श्रीमती ३० वर्षीया भागरती कार्की, बैतडीको दोगडाकेदार १ का ५० वर्षीय खुईले भुल, अटो चालक डिलाशैनी ६का ४० वर्षीय मनोरथ नाथ र वडा नं ६ कै मोटरसाईकल  चालक  सेटीगाउँ कृषि क्याम्पसका उपप्राध्यापक  भरत माल रहेका बताइएको  छ ।  

घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको  गोकुुलेश्वर अस्पतालमा उपचार भइरहेको  प्रहरीले  बताएको  छ ।  

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update