बैतडी-बैतडीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । जिल्लामा पनि धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।
पाटन नगरपालिकाले बुधबार राष्ट्रिय धान दिवस मनाएको नगरपालिकाले जनाएको छ । कृषि विकास शाखाको आयोजनामा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर धान दिवस मनाएको कृषि विकास शाखा प्रमुख महेश प्रशाद अवस्थीले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय कृषक समुदायको सभागितामा बाँजागाजा सहित स्थानीयको खेतमा धान रोपण संगै, दहि च्युरा खाएर भव्यताका साथ धान दिवस मनाएको उनले बताए ।
जिल्लामा अहिले सम्म ७५ प्रतिशत रोपाइ सम्पन्न भइसकेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ ।




