बैतडी –बैतडीमा पछिल्लो समयमा विद्युत सेवा अनियमित हुँदा हजारौं उपभोक्ता मारमा परेका छन् । पछिल्लो एक दुई हप्ता विद्युत सेवा अनियमित हुँदै आएको उपभोक्ताहरुले बताएका छन् ।
विद्युत सेवा अनियमित हुँदा सरकारी कार्यालयका कामकाजमा समेत समस्या हुने गरेको छ । असारको महिना विद्युत सेवा अनियमित हुँदा सरकारी कार्यालयका कामकाज प्रभावित भएका कर्मचारीहरुले बताएका छन् ।
यस्तै विद्युत सेवा अनियमित हुँदा मिल सञ्चालक र विद्युतबाट काम गर्ने अन्य व्यवसायीहरुलाई पनि समस्या भएको छ । विद्युतकै कारण ग्रील उद्योगहरु सञ्चालन गर्न कठीन भएको महारुद्र सैपाल ग्रील उद्योगका सञ्चालक बहादुर लुहारले बताए । उनले भने ‘विद्युत सेवा अनियमित हुँदा कामकाज गर्न निकै समस्या भएको छ । विद्युत कहिले आउने कहिले नआउने हुँदा धेरै समस्या भएको छ ।’
यस्तै विद्युत सेवा अनियमित हुँदा सञ्चार माध्यमहरु सञ्चालनमा समेत कठिनाइ भएको छ । बिशेष गरेर जिल्ला सञ्चालित रेडियोहरु सञ्चालन गर्न कठिनाइ भएको रेडियो सञ्चालकहरुले बताएका छन् । लगातार विद्युत सेवा अवरुद्ध हुँदा रेडियो सञ्चालनमा बाधा पुगेको उनीहरुले बताएका छन् ।
यता विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बर्षाका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत सेवा अनियमित भएको बताए । पुरानो लाइन भएका कारण बर्षातको समयमा समस्या आइरहेको उनले बताए । विद्युत सेवा नियमित गर्नका लागि प्रयास भइरहेपनि मर्मत गरेकै दिन फेरी समस्या आईरहेको उनले बताए ।




