Sagun Khabar
बैतडीमा ७५ प्रतिशत रोपाइँ सम्पन्न

बैतडी- बैतडीमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार १५ गते सम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ  सम्पन्न भएको हो । कृषि ज्ञानेकन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ ।

१० ओटै स्थानीयतहरुका कृषि प्राविधिकहरुको जानकारी अनुसार जिल्लामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत नरेन्द्र बहादुर चन्दले  जानकारी दिए ।

बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएको उनले बताए । सिँचाइको सुविधा भएको  सबै ठाउँमा रोपाइँ  सम्पन्न भएको र केहि ठाउँमा मात्रै  बाँकी रहेको  उनको भनाइ छ । असार महिना भित्रै सबै ठाउँमा रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत  चन्दले  बताए ।

बैतडी जिल्लाको ९ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका र विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धाँनखेतीको पकेट क्षेत्र हुन्। सुर्नयाको  वडा नं  ४ र  ६ मा  पनि धान खेति  गरिन्छ । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update