Sagun Khabar
बैतडीको सिगास ३ मा  बाढी पहिरोले सिँचाइ  कुलो  बगायो, छ घर जोखिममा 

बैतडी- बैतडीमा लगातारको  वर्षाबाट आएको  बाढी पहिरोले  सिँचाइ  कुलो  बगाएको  छ ।  बस्तीमाथि जथाभावी डोजरले सडक खन्दा आएको बाढी पहिरोले सिगास गाउँपालिका–३ का दुई वटा सिँचाइ कुलो  बगाएको हो ।

२ दिन देखिको लगातारको वर्षाले  गाउँपालिका–३ का दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा स्थानीयतहरुले बताएका छन् ।  

स्थानीय दानसिंह साउद, करवीर साउद, मानसिंह साउद, कर्ण साउद, जोगा साउद र नवराज साउदको घर उच्च जोखिममा परेका हुन्। सडकबाट आएको बाढी पहिरो खेतमा पसेपछि सिन्याखेतका जोखिममा परेका परिवार घर छाडेर हिँड्न बाध्य भएका छन्।

यता जिल्ला प्रशासन कार्यालय बैतडीलले बाढी पहिरोको विषयमा जानकारी प्राप्त भएकाले थप विवरण बुझ्ने काम भइरहेकोे जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update