Sagun Khabar
बैतडीमा दलित सम्बन्धी बनेका कानुन कार्यान्वयनको अवस्था बारे छलफल तथा अन्तरक्रिया

बैतडी- बैतडीमा दलित सम्बन्धी बनेका कानुन कार्यान्वयनको अवस्था र सरोकारवाला बिचको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित समाज विकास मञ्चको आयोजनामा  जिल्लाको मेलौली  नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दलित समाज  विकास मञ्चकी बैतडी अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दलित सम्बन्धी बनेका ऐन कानुन कतिको  कार्यान्वयन भएका छन् र कानुन कार्यान्वयन गराउन  के कसरि अगाडी  बढ्ने  विषयमा छलफ भएको दलित समाज विकास मञ्च बैतडीका सदस्य सुरेश सेरलाले जानकारी दिए ।  दलितहरुको अवस्था र समस्याका बारेमा  समेत कार्यक्रममा छलफल भएको  छ ।

कार्यक्रममा सहभागि दलित अगुवाहरुले सो कुराको जानकारी दिएको र त्यसका विषयमा स्थानीय सरकारका जनप्रतिनिधहरुलाइ जानाकारी गराएको दलित समाज विकास मञ्च बैतडी अध्यक्ष सरस्वती नेपालीले बताइन् ।

अहिले  कानुन बने पनि जातिय छुवाछुत यथावतै रहेको उनले बताए । कार्यक्रममा सहभागि वडा नं २ र ३ का जनप्रतिनिधिहरुले दलितका समस्या समाधान गर्न र पक्षमा बनेका कानुन कार्यान्वयन गर्नका  लागि प्रतिबद्धता समेत व्यक्त गरेका बताइएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनितिकदलका नेता र  दलित अगुवाहरुको  हसभागिता रहेको थियो ।  

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update