माधव बिष्ट (कैलाश)को ‘यो मुटु छुन लाग्यो’ बोलको गीत सार्वजनिक
बैतडी –चर्चित लोक तथा देउडा गायक एवं सर्जक माधव बिष्ट (कैलाश) को ‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
समसामयिक बिषयवस्तुलाई गीत मार्फत उजागर गर्दै आएका बिष्टले पछिल्लो समयमा यो गीतको रचना गरेका छन् । गीतमा गायक भरत भट्ट र गायिका गौरी भट्टको आवाज रहेका छन् ।
बिष्टले सिर्जना गरेका सुदूरपश्चिम स्वर्ग सरी, जन्म्या भूमी दोगडाकेदार लगायतका सैयौं गीतहरुले चर्चा कमाईसकेका बेला नयाँ गीत सार्वजनिक भएको हो । श्रीमान श्रीमति तथा प्रेमीहरुका वेदना र मायाका सवाल समेटिएको गीत सार्वजनिक गरिएको सर्जक बिष्टले बताए ।
https://www.youtube.com/watch?v=DA-x_uhQadQ
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १३:००
प्रतिक्रिया दिनुहोस्





