बझाङमा करेन्ट लागेर एक जना घाइते, हेलिकोप्टर मार्फत नेपालगञ्ज लगियो
बैतडी –बझाङमा फोरजी लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमन बिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा एनटी फाईबरको लाईन तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका हुन् ।
घाईते शाहलाई हेलिकोप्टर चार्टर गरी नेपालगंज रेफर गरिएको छ । उनलाई खोडपेबाट हेलिकप्टरमा नेपालगंज लगिएको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १३:५२
प्रतिक्रिया दिनुहोस्




