बैतडी- बैतडीको नेरा माविमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित नेपाल राष्ट्रिय मावि सिउडेमा अंग्रेजि र कम्प्युटर शिक्षक नहुँदा विद्यार्थीहरु समस्यमा परेका हुन् ।
नेरा मावि करिब ३ महिना देखि कम्प्युटर शिक्षक र २ महिना देखि अंग्रेजि शिक्षक विहिन रहेको छ । छिमेकि विद्यालयमा धमाधम पढाइ भइरहेका बेला आफुहरुले शिक्षक अभावमा राम्रो संग पढ्न नै नपाएको गुनासो गरेका छन् ।
महिनौ बित्दा समेत शिक्षकहरुको पदपूर्तीका लागि सम्बन्धित निकायबाट अहिले सम्म पहल भएको छैन् । शिक्षक अभाव भएपनि कुनै निकायले चासो नदिएको अभिभावकहरुको भनाइ छ । यता विद्यालयका प्रधानाध्यापक राजेन्द्र विष्टले भने शिक्षकहरुले राजिनामा दिएर गए पछि शिक्षक अभाव भएको र शिक्षकहरुका लागि पहल भइरहेको बताएका छन् ।
शिक्षक पदपूर्तिका लागि सुर्नया गाउँपालिकालाइ परिपत्र गरिसकेको र अनुमति पाउने बित्तिक्कै विज्ञापन गरेर पदपूर्ती गराइने उनले बताए । शिकहरुले व्यक्तीगत पारिवारिक कारण देखाउर राजिनामा दिएको प्रधानाध्याप विष्टले बताए ।
उनले भने ‘व्यक्तिगत र पारिवारिक कारण देखाएर शिक्षकहरु राजिनामा दिएर गए, उनिहरु गइसकेपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विज्ञापन खोल्न अनुमतिका लागि सुर्नया गाउँपालिकालाइ परिपत्र गरिसकेको र अनुमति पाउने बित्तीक्कै विज्ञापन खोल्छौ ।’ शिक्षकहरुले राजिनामा दिएर गइसकेपछि अन्य शिक्षकले कक्षा सञ्चालन गरेको बताइएको छ ।
शिक्षक धिर बहादुर विष्टले शिक्षकहरु गएपछि विद्यार्थीहहरु पढाइबाट बञ्चीत नभएका र अन्य शिक्षकहरुले कक्षा सञ्चालन गरेको बताए । ‘उनले भने कम्प्युटरका लागि ्बिचमा एक जना शिक्षकलाइ मगायौँ, एक महिना उनले हेरे , अंग्रेजि विद्यालयमै भएका सरहरुले हेरे, अहिले सम्म शिक्षक छ्रैनन् समस्या नै छ ।’
अन्य शिक्षकहरुले कक्षा सञ्चालन गरेपनि विषयगत शिक्षक अभावमा पढाइ प्रभावकारि बन्न भने सकेको छैन् । यो विद्यालयमा सुर्नया गाउँपालिकाका पूर्व उपाध्यक्ष लिला विष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष छिन् ।




