Sagun Khabar
बैतडीको दशरथचन्दमा योजनाहरुको अनुगमन गरिँदै 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका योजनाहरुको अनुगमन थालिएको छ । नगर उपप्रमुख कौशिला चन्दको संयोजकत्वमा रहेको नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिहरुले योजनाहरुको अनुगमन गरिरहेको नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए । 

नगरपालिकाभित्र चालु आर्थिक बर्षमा सञ्चालन भएका योजनाहरु स्टमेट अनुसार सम्पन्न भए ÷नभएको बारेमा जानकारी लिनका लागि अनुगमन कार्य भइरहेको इन्जिनियर बोहराले बताए । 

अनुगमन समितिका सदस्य र प्राविधिक सहितको टोलीले योजनाहरुको अनुगमन गरिरहेको हो । अहिले सम्म नगरपालिकाको वडा नं २, ३, ६, ७, ८ र १० मा सञ्चालन भएका योजनाहरुको अनुगमन गरिएको बोहराले बताए । 

पालिकामा सञ्चालनमा रहेका योजनाहरुलाई गुणस्तरीय बनाउन अनुगमन कार्य भईरहेको नगर उपप्रमुख कौशिला चन्दले बताइन् । नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गरिने उनले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update