बैतडीको पुर्चौंडी हाट स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
बैतडी –बैतडीको पुर्चौंडी हाट स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १३ ओटा सूचक पूरा गरेपछि पुर्चौंडी हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए ।
नगरपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा पुर्चौंडी हाट स्वास्थ्यचौकीलाई घोषणा गरिएको उनले बताए ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर पुर्चौंडी हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । सो कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम लगायतको सहभागिता रहेको थियो । अन्य स्वास्थ्य संस्थाहरुलाई पनि पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको पहल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १८:४२
प्रतिक्रिया दिनुहोस्




