Sagun Khabar
बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार 

बैतडी –बैतडीका विभिन्न मानसिक समस्या भएका पाँच महिलाको विभिन्न स्थानबाट उद्धार गरिएको छ । लामो समयदेखि मानसिक समस्या भएका, बेवारिसे महिलाहरुको उद्धार गरेर धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

दृष्टि फाउण्डेसन नामक संस्थासंग सहकार्य गरेर उनीहरुको निशुल्क रुपमा खाना र बासको व्यवस्था सहित फाउण्डेसनमा पठाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुको लागि आवश्यक औषधि भने स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने उनले बताए । 

जिल्लाको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १÷१ जनाको उद्धार गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

दृष्टि फाउण्डेसनले उनीहरुलाई निशुल्क रुपमा खान बस्नु दिनुका साथै विभिन्न खालका मनोसामाजिक परामर्शहरु समेत दिने बताइएको छ । उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुलाई आज गाडी बुक गरेर धनगढी पठाइएको हो । प्रहरी र स्वास्थ्यकर्मी सहित उनीहरुलाई धनगढी पठाइएको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update