Sagun Khabar
बैतडीको वसन्तपुरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ९० जनाले सेवा लिए 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ५ वसन्तपुरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाटन नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा ९० जनाले सेवा लिएका छन् । शनिबार सञ्चालन भएको शिविरमा वडाका विभिन्न स्थानका नागरिकले सेवा लिएका छन् । 

ग्रामीण क्षेत्रका नागरिकहरुलाई गाउँमै पुगेर प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । शिविरमा पाठेघरको चेकजाँच, गर्भवती महिलाको अल्ट्रासाउण्ड, आइयूसिडी तथा इम्पलान्ट सेवा, महिलाहरुको स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवा प्रदान भएका महराले बताए । 

शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. अस्मिता नेगी लगायतको स्वास्थ्यकर्मीहरुले टीमले सेवा प्रदान गरेको महराले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update