Sagun Khabar
बैतडीमा विद्यार्थीहरुलाई योग सिकाइँदै 

बैतडी –बैतडीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई योग शिक्षा दिन थालिएको छ । दशरथचन्द नगरपालिकाका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई योग शिक्षा र आयुर्वेद शिक्षा दिन थालिएको दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए । 

विद्यार्थीहरुलाई स्वस्थकर जीवनशैली अपनाउने बिषयमा ज्ञान दिने उद्देश्यले विद्यालयहरुमा योग शिक्षा र आयुर्वेद शिक्षा दिन थालिएको उनले बताए । उनले भने ‘योगले मानिसको मानसिक समस्या समेत समाधान गर्नुका साथै स्वथ जीवनशैली अपनाउन सहयोग गर्ने भएकाले विद्यालयहरुमा योग शिक्षा दिन थालेका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिका ४ स्थित विरेन्द्र मावि शाहीलेक,वडा नं २ स्थित निङ्गलाशैनी मावि देहीमाण्डौं र वडा नं १ स्थित मणिलेक मावि गुरुखोलामा आयुर्वेद र योग शिक्षाका बारेमा जानकारी दिन शिविर सञ्चालन गरिएको कलौनीले बताए । 

एउटा समूहमा ४०–५० जना विद्यार्थीहरु राखेर योग र आयुर्वेद शिक्षाका बारेमा जानकारी दिने गरिएको उनले बताए । बिहानको समयमा बालबालिकाहरुलाई योग र आयुर्वेद शिक्षाका बारेमा जानकारी दिने गरिएको हो । 

योगले बालबालिकाहरुको पठनपाठनमा समेत सहयोग पुग्ने भएकाले विद्यालयमा आयुर्वेद र योग शिक्षा कार्यक्रम सञ्चालन गरेको दशरथचन्द नगरपालिकाले जनाएको छ । 

विद्यालयहरुमा एकहप्ते शिविर सञ्चालन गरेर बालबालिकाहरुलाई योगाभ्यास गराइनुका साथै योगको महत्वका बारेमा जानकारी दिइएको कलौनीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update