Sagun Khabar
बैतडीको शिवनाथका आधारभूत विद्यालयहरुमा इन्टरनेट जडान 
फोटो :शिवनाथका आधारभूत विद्यालयलाई इन्टरनेट उपकरण हस्तान्तरण कार्यक्रम
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका अन्तर्गत रहेका आधारभूत विद्यालयहरु इन्टरनेट जडान हुने भएको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाई हुने सबै विद्यालयमा इन्टरनेट जडान हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाभरी रहेका २७ ओटा विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको अध्यक्ष साउँदले बताए । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरणहरु विद्यालयहरुलाई हस्तान्तरण गरिएको उनले बताए । 

दुर्गम क्षेत्रका विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउनका लागि ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएका हुन् । विद्यालयमा इन्टरनेट जडान भएपछि अब कम्प्युटर जस्ता प्राविधिक बिषयहरुको पठनपाठनमा समेत सहजता आउने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update