Sagun Khabar
बैतडीको सुर्नयामा चितुवाले आतंक मच्चायो, स्थानीयबासी त्रसित 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का विभिन्न स्थानमा गएको दुई महिनायता चितुवाले आतंक मच्चाएको छ । जंगलबाट ४÷५ ओटा चितुवा संगै आएर घरपालुवा पशु खाने गरेको स्थानीय तेजन बोहराले बताए । 

चितुवाले अहिले सम्म दुई दर्जन बढी पशुचौपाया खाइसकेको स्थानीयहरुले बताएका छन् । रातिको समयमा गोठमा बाँधेका पशुरुलाई आक्रमण गरेर चितुवाले खाने गरेको बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चारपाँच ओटा चितुवासंगै आउने गरेकाले स्थानीयहरु पनि त्रसित भएका छन् । स्थानीय किसानहरुले पालेका बाख्रा र खसी चितुवाले खान थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

दिनदिनै चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि किसानहरु मार्कामा परेका छन् । वडाको मल्लोढोले, सेला लगायतका क्षेत्रमा चितुवाले आतंक मच्चाएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । चितुवाको आतंक नियन्त्रणका बिषयमा डिभिजन वन कार्यालयसंग छलफल गरिएको भएपनि समाधानको उपाय अहिले सम्म नभएको उनले बताए । 

वनजंगल फडानी भएपछि जंगली जनावरहरु मानवबस्तीमा पस्ने गरेको विज्ञहरुले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update