Sagun Khabar
बैतडीका एक किशोर कैलालीमा  बेपत्ता

बैतडी-  बैतडीका एक किशोर कैलालीमा  बेपत्ता भएका छन्। जिल्लाको सिगास गाउँपालिका ८ घर भएका १३ वर्षिय सुरेन्द्र बोहरा शनिबार देखि बेपत्ता भएका हुन् ।

बोहरा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं–१ स्थित सुखड पिपल डाँडाबाट  बेपत्ता भएका बताइएको  छ ।  बोहरा सो ठाउँमा एक महिनादेखि  दिदीसँग भाडामा बस्दै आएका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सुरेन्द्र हिजो बेलुका करिब ५ बजे खेल्छु भनेर निस्किएका र अहिले  सम्म नफर्किएका उनकी दिदी प्रमिला बोहराले बताइन् ।

उनलाई भेटाएमा ९८६५६१३३९४ नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्। यस्तै प्रहरीले पनि बेपत्ताको जानकारी आएको र खोजी कार्य थालिएको बताएको छ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update