Sagun Khabar
पहिरोको कारण दशरथचन्द राजमार्ग अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बर्षाका कारण पहिरो खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्गको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

सडकमा पहिरो खसेपछि अहिले सवारी साधन बीचबाटोमै रोकिएका छन् । पहिरो पन्छ्याउनका लागि जेसीबी पठाईसकेको र सडक आजै सुचारु हुने प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update