Sagun Khabar
बैतडीका ३ बर्षीय भुवनको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ देवलहाटका श्याम ठगुन्नाका ३ बर्षीय छोरा भुवन ठगुन्नाको उपचारमा आर्थिक अभाव भएको छ । गरिबीले थिचिएका ठगुन्ना परिवारलाई अहिले छोराको उपचार गर्न निकै समस्या भएको छ । भुवनको मुटुमा समस्या देखिएपछि अहिले ठगुन्ना दम्पतीका आँखा ओभाएका छैनन् । 

बिहे गरेको ९÷१० बर्षमा छोरा पाएका ठगुन्ना दम्पती अहिले रातदिन रोइरहेका छन् । अपांगता भएकी श्रीमति र बिरामी छोराको उपचार गर्न श्याम ठगुन्नालाई अहिले निकै समस्या भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

केही दिन पहिला हर्नियाको उपचारका लागि भुवनलाई डडेल्धुरा पुर्याएकोमा त्यहाँ डाक्टरले भुवनको मुटुमा समेत समस्या रहेको कुरा बताएपछि अहिले ठगुन्ना दम्पतीलाई निकै समस्या परेको छ । 

‘ओत लाग्ने घरको छानो चुहिने छ । श्रीमति अपांग छ । एउटै मात्र छोरा मुटुको बिरामी भएपछि कसरी उपचार गरौं ?’भुवनका बुवा श्यामले भने, ‘दैनिक मजदुरी गरेर परिवार पाल्ने मान्छेले काठमाण्डौं गएर छोराको उपचार कसरी गरौं ?’

आर्थिक अभावकै कारण श्रीमतिको समेत उपचार गर्न नसकेका श्यामलाई छोरा बिरामी भएपछि झन् तनाव बढेको छ । छोराको उपचारमा सहयोग गरिदिन उनले सहयोगी मनहरुलाई आग्रह समेत गरेका छन् ।

छोराको उपचारका लागि सहयोग गरिदिन भुवनकी आमा मानमती ठगुन्नाले अनुरोध गरेकी छिन् । आँखाभरी आँसु बनाउँदै उनले भनिन् ‘मेरो छोरोका उपचारमा सहयोग गरिदिन म सहयोगी मनहरुलाई अनुरोध गर्दछु । आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचार गर्न सकेको छैन् । त्यसैले सबैलाई सहयोगका लागि अपिल गर्दछु ।’

छोराको मुटुको उपचारका लागि सहयोग माग्न दशरथचन्द नगरपालिकामा पुगेका श्याम ठगुन्नालाई नगरपालिकाले ५ हजार रुपैैंया मात्रै सहयोग गरेपछि उनको मन भत्भती पोलिएको छ । स्थानीय सरकारबाट आफूले ठूलो आसा राखेको भएपनि सहयोग नपाएको उनको गुनासो छ । 

भुवनको उपचारमा सहयोग गर्ने महानुभावहरुले ९८६४३२४७९७ नम्बरमा सम्पर्क गर्न सकिने छ । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update