Sagun Khabar
बैतडीमा क्वालिटी साक्षरता तालिम सम्पन्न 

बैतडी –बैतडीको दोगडाकेदार ३ श्रीकोटमा सञ्चालनमा रहेको निशुल्क क्वालिटी साक्षरता तालिम सम्पन्न भएको छ । भोजराज जोशी क्वालिटीको सहयोग तथा बसन्त फाउन्डेसनको आयोजना र एम्विसन टेक्निकल कलेजको सहकार्यमा गत चैत १९ देखि सञ्चालन भएको तीनमहिने तालिम आज सम्पन्न भएको हो । 

उक्त तालिममा होटेल म्यानेजमेन्ट र कृषिसम्बन्धि सीप सिकाइएको तालिम संयोजक हरिस जोशीले जानकारी दिए  । तालिम निकै उपलब्धिमूलक रहेको सहभागी रेखा भट्टले बताइन् ।  यस्तै तालिमले आत्मनिर्भरको बाटोमा लाग्न प्रेरित गरेको अर्का सहभागी द्रोपति भट्टले बताइन् ।  

स्वास्थ्य सन्देश
Atrya hospital

तालिम समापन समारोहमा बोल्दै दोगडाकेदार गाउँपालिका ३ का वडाध्यक्ष कालुराम सार्कीले किताबको कोरा ज्ञानभन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेकोले यस्ता सीपमूलक तालिमले सहजता प्रदान गर्ने बताए । समाज रूपान्तरणका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउदै सार्कीले गाउँपालिकाले प्राविधिक शिक्षालाई जोड दिएको जनाए ।   

यस्तै सनातन धर्म माविका निमित्त प्रधानाध्यापक सुरेन्द्र कार्कीले सिकेको सीपलाई  स्वरोजगारमा परिणत गरेर नमूना युवा बन्नुपर्ने  बताए  । 

समापन समारोहमै बोल्दै भोजराज जोशी क्वालिटीले बेरोजगारको समस्या समाधानका तालिम सञ्चालन गरिएको  र  स्वदेशमै रोजगारको सिर्जना गर्न तालिम उपयोगी हुने बताए  । सिकेको सिपलाई सही सदुपयोग गर्नुपर्ने बताउदै जोशीले  रोजगार बन्न चाहनेलाइ थप सहयोग गरिने प्रतिवद्धता जनाए । आगामी दिनमा अझै यस्ता तालिमको आयोजना गरिने समेत उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update