Sagun Khabar
माओवादीका प्रदेश कमिटि सदस्य भट्टद्वारा पदबाट राजीनामा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेकपा माओवादी केन्द्र बैतडीका नेता इश्वरी भट्ट (राजिव)ले पदबाट राजीनामा दिएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका मेलौलीका भट्टले राजिनामा दिएका हुन् । उनले पार्टीको प्रदेश कमिटी अध्यक्ष लाई बुझाएको राजीनामा पत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । 

गएको दुई दशक यता राजनीतिमा सक्रिय रहेका भट्टले पार्टीप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । नेकपा माओवादी केन्द्रले परिकल्पना गरे अनुसार काम गर्न नसकेको उनको आरोप रहेको छ । इमान्दार कार्यकर्ताको भावना नेतृत्व तहले नबुझेको उनले बताएका छन् । 

भट्ट जनयुद्ध कालदेखि नै माओवादीमा सक्रिय रहेका थिए । 
 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update