Sagun Khabar
बैतडीको डिलाशैनीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले  एक सूचना जारी  गरेर  सम्बन्धित वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्ने काम भइरहेको जनाएको हो । अहिले सम्बन्धित वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भइसकेको गाउँपालिकाको पञ्चीकरण शाखामा कार्यरत लोकेन्द्रप्रशाद जोशीले जानकारी  दिए । 

उनका अनुसार मंगलबार वडा नं १ को कार्यालय बसन्तपुरबाट समाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । यस्तै भोलि २२ गते  वडा नं २ को कार्यालय कोटपेटराबाट, २३ गते वडा नं ३  रुद्रेश्वरमा, २४ गते वडा नं ४ मठैराजमा, २६ गते वडा नं ५तिलाचौरमा भत्ता वितरण गरिने बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै वडा नं ६ गोकुलेश्वरमा २७ गते  र असार २८ गते  वडा नं ७ धामीगाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने पञ्चीकरण शाखामा कार्यरत जोशीले बताए । 

बाल पोषण भत्ता लगायतका अन्य समाजिक सुरक्षा भत्ता पनि श्रावण पहिलो साताबाट वडा कार्यालयबाटै वितरण हुने गाउँपालिकाले जनाएको छ । 

291590010_556999989398175_9158658471834795564_n1657000373.jpg

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update