Sagun Khabar
महाकालीसहितका नदीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

बैतडी –सुदूरपश्चिम प्रदेशको महाकालीसँगै अन्य नदीहरूमा मंगलबार पानीको बहाव बढ्ने पूर्वानुमान छ । अबका तीन दिनसम्म महाकाली–परिगाउँको जलसतह उल्लेख रुपमा बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाकालीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । महाकालीमा जलसतह बढ्ने भएकाले दार्चुला, बैतडी,डडेल्धुरा र कञ्चनपुरका तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन भनिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै कर्णाली र सेतीमा पनि पानी बहाव बढ्न सक्ने भएकाले ती नदी क्षेत्र आसपासका बासिन्दाहरुलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update