Sagun Khabar
विश्वमा कोरोना जित्नेको सङ्ख्या १५ करोड नाघ्यो

काठमाण्डौ – विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ । वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन्।

कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै हुने विज्ञहरु बताउँछन् । पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ । अहिलेसम्म विश्वमा १६ करोड ९० लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिले विश्वमा एक करोड ४७ लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वका दुई सय २० देश तथा शासित क्षेत्रहरुमा पुगिसकेको छ । कोरोना नियन्त्रणका लागि अहिले पनि धेरै देशले निषेधाज्ञा, लकडाउनलगायत विभिन्न प्रतिबन्धहरु कायम राखेका छन् ।

Atrya hospital

धेरैजसो देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि सुरु भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update