Sagun Khabar
पहिरोले अवरुद्ध बैतडीको गन्ना -गनैखान सडक सुचारु

बैतडी- पहिरोले  अवरुद्ध बैतडीको गन्ना -गनैखान सडक सुचारु भएको छ । जिल्लाको  डिलाशैनी गाउँपालिका भित्र पर्ने ग्रामिण गन्ना -गनैखान सडक खण्ड पहिरोले अवरुद्ध भएको थियो ।

गाउँपालिकाले अवरुद्ध भएको जानकारी पाएपछि जेसिबि लगाएर सुचारु गरेको डिलाशैनी गाउँपालिकाका प्रक्वता यज्ञ राज भट्ट (यदु)ले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

अवरुद्ध सडक खुलेपछि अहिले यातायातका साधान चल्न थालेका छन् । सडक अवरुद्ध भएर यातायातका साधन बन्द भएकोमा अहिले गाउँपालिकाले सुचारु गरेपछि सहज भएको स्थानीयहरुले बताएका छन् ।

गाउँपालिकाले खनिएका सडक अवरुद्ध भए त्तकाल सञ्चालनमा ल्याउने प्रवक्ता भट्टले बताए । यस्तै गाउँपालिकाले अन्य क्षेत्रमा भैपरी आउने हरेक समस्याहरु सरकारलाई समयमै जानकारी गराउन पनि सबैमा अनुरोध गरेको  छ । 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update