Sagun Khabar
बलात्कार आरोप लागेका  क्याम्पस  प्रमुख नेगीले  दिए राजीनामा

बैतडी- बैतडीको  पुर्चौडी बहुमुखी  क्याम्पसका  प्रमुख  राजेन्द्र नेगीले  राजीनामा  दिएका छन् । बलात्कार  आरोप लागेका उनले सोमबार  राजीनामा दिएका हुन् ।

केहि  अमुख व्यक्तीहरु, राजनितिक दलका भातृसंगठनहरुले अपुष्ट कुराहरु फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकाले सत्य तथ्य छानबिन  नहुन्जेलसम्मका लागि आफुले   राजीनामा दिएको  क्याम्पस प्रमुख नेगीले  जारी गरेको  राजीनामा पत्रमा  उल्लेख    गरिएको छ ।

प्रमुख नेगीमाथि बलात्कार गरेको आरोप लागेको छ । कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाले भने सञ्चारमाध्यमसंग कुराकानी गर्दै आफूमाथि बलात्कार भएको बताएकी छिन् ।

आफूले कैलालीबाटै बलात्कार मुद्दा दर्ता गर्ने उनले बताएकी छिन् । मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै अहिले नेगिलाइ  कारबाही  हुनु पर्ने  माग उठिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update