Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा स्त्री रोग बिशेषज्ञ आउने 

बैतडी –जिल्ला अस्पताल बैतडीमा शुक्रबार स्त्री रोग बिशेषज्ञले सेवा दिने भएका छन् । प्रत्येक हप्ताको शुक्रबार सञ्चालन हुने सेटेलाइट क्लिनिक अन्तर्गत यही साउन २० गते शुक्रबारका दिन स्त्री रोग बिशेषज्ञले सेवा दिने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

डडेल्धुरा अस्पतालका बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा.सुरेन्द्रप्रसाद भट्टले जिल्ला अस्पतालमा सेवा दिने सूचना अधिकारी पन्तले जानकारी दिए । तल्लोपेट दुख्ने, आङ खसेका, सेतो पानी बग्ने, महिनावारी अनियमित भएको, गर्भावस्थाको चेकजाँच लगायतका सेवा लिन चाहने नागरिकले जिल्ला अस्पताल आएर सेवा लिन समेत आग्रह गरिएको छ । 

यस्तै पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएमा शल्यक्रिया सेवा समेत दिइने सूचना अधिकारी पन्तले जानकारी दिए । बिशेषज्ञ डाक्टरको सेवा लिनका लागि टाढा जान नसक्ने नागरिकलाई लक्षित गरेर सेटेलाइट क्लिनिक सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update