Sagun Khabar
बैतडीमा थप तीनजनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा थप तीनजनामा कोरोना पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका एक जना र पुर्चौंडी नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला बाहिरका थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २१ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ८ जना सक्रिय संक्रमित रहेका सूचना अधिकारी लेखकले जानकारी दिए । 

कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । फेरी एक पटक समुदायस्तरमा कोरोना फैलन सक्ने चेतावनी समेत दिइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update