Sagun Khabar
लागु औषध सहित दार्चुलाका एक युवक बझाङमा पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बझाङमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । बझाङको बित्थडचिर गाउँपालिका–८ बागथालाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् । 

दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका प्रहरीले जनाएको छ । बुधबार दिउँसो चैनपुरदेखि महेन्द्रनगरतर्फ गइरहेको बसमा सवार खडायतबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट बागथालाको खटिएको प्रहरीले चेकजाच गर्दा उक्त चरेश फेला परेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update