Sagun Khabar
बर्षाले क्षति पुर्याएका ठाउँमा पुर्चौंडीका जनप्रतिनिधिद्वारा अनुगमन 

बैतडी –लगातारको बर्षाका कारण विभिन्न ठाउँमा खसेको पहिरोले प्रभावित भएका परिवारसंग बैतडीको पुर्चौंडी नगरपालिकाका जनप्रतिनिधिहरुले भेटघाट गरेका छन् । पहिरोका कारण क्षति पुर्याएका ठाउँमा अनुगमन गरेर नगरपालिकाका तर्फबाट गर्न सक्ने सहयोग गर्ने नीति लिइएको नगर प्रमुख दीपकबहादुर बमले बताए । 

बिहीबार पुर्चौंडी नगरपालिका वडा नं १ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ । लगातारको बर्षाले घानुकको घर भत्किँदा पशुचौपायालाई चोट लागेको छ भने घरभित्रको अन्नपातमा समेत क्षति पुगेको छ । 

नगर प्रमुख बम, उपप्रमुख मीना धानुक, वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडाल लगायतको नगरपालिकाको टोलीले अनुगमन गरेको र पीडित परिवारलाई जतिसक्दो चाँडो पालिकाका तर्फबाट राहत दिइने वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update