Sagun Khabar
पशुहरुमा देखिएको अज्ञात रोगले देहीमाण्डौंका किसान चिन्तित, पशु प्राविधिकलाई खबर गर्न आग्रह 
तस्बिर : घरपालुवा पशु बिरामी भएका किसानहरुलाई वडाका तर्फबाट औषधि वितरण गरिँदै
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं २  देहीमाण्डौंमा घरपालुवा पशुहरुमा अज्ञात रोग देखिएपछि किसानहरु चिन्तित बनेका छन् । घरपालुवा पशुहरुमा र्याल चुहाउने, घाँस नखाने,ज्वरो आउने, खुरहरु सुन्निने लगायतका लक्षणहरु देखा परेका स्थानीय गणेश बोहराले बताए । 

पशुहरुमा अज्ञात रोग देखिएपछि स्थानीयस्तरमै पशु प्राविधिक खटाएर उपचार कार्य थालिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । समस्या भएका ठाउँमा वडा कार्यालयमा सम्पर्क राख्न समेत उनले आग्रह गरेका छन् । उनले भने ‘वडाबासीहरुका समस्या समाधानका लागि हामीले सक्दो प्रयास गरिरहेका छौं । पशुहरुमा रोग देखिएका ठाउँका किसानहरुलाई वडामा खबर गर्न आग्रह गर्दछौं ।’

रोग देखिएका पशुहरुलाई अलगै राख्न, चराउन वनमा नलैजान र पशुप्राविधिकहरुको सहयोगमा औषधि उपचार गर्न समेत वडा अध्यक्ष बोहराले आग्रह गरे । अहिले पनि दुई जना पशु प्राविधिहरुलाई खटाइएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update