Sagun Khabar
कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीमा  १० बेडको आइसोलेसन  तयार

बैतडी- कोरोना संक्रमित  बढ्दै गएपछि  बैतडीमा आइसोलेसन निर्माण गरिएको छ । बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखेर सक्रमितको व्यवस्थापनका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० बेडको आइसोलेसन तयार पारिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

उनका अनुसार महिला पुरुषका लागि छुट्टा छुट्टै आइसोलेसन तयार पारिएका छन् । दशरथचन्द नगरपालिका र  जिल्ला अस्पतालको संयुक्त सहकार्यमा   आइसोलेसन तयार पारिएको बताइएको छ ।

यस्तै जिल्ला अस्पतालामा पनि आईसीयु सहितको ४ बेडको आइसोलेसन तयार पारिएको सूचना अधिकारी पन्तले बताए । बैतडीमा अहिले दिन प्रतिदिन कोरोना संक्रमित थपिदै   छन् । हाल जिल्लामा २१जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update