Sagun Khabar
बैतडीको डिलाशैनीका प्रतिनिधि घरदैलो अभियानमा 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुले घरदैलो अभियान थालेका छन् । निर्वाचित भइसकेपछि स्थानीयहरुका समस्या बुझ्ने र ती समस्याहरुको समाधानका लागि घरदैलो अभियान शुरु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बिषयगत शाखाका प्रमुख र प्राविधिकहरु सहितको टोली वडा वडामा पुग्न थालेका हो । हरेक वडामा तीन दिन बिताएर वडाबासीका समस्याका बारेमा जानकारी लिने प्रवक्ता भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै चालु आर्थिक बर्षका लागि वडाबाट छनौट भएका योजनाहरुलाई प्राथमिकीकरण गर्ने र ती योजनाहरुलाई कार्यान्वयनको चरणमा लैजानका लागि घरदैलो अभियानले सहयोग पुग्ने बताइएको छ । 

यस्तै वडामा रहेका शिक्षण संस्था र स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गर्ने र समस्या भएमा समाधानका उपाय खोज्ने निती समेत लिइएको प्रवक्ता भट्टले बताए । अब झण्डै एक महिना टोलीले वडावडामा घरदैलो अभियान सञ्चालन गर्ने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update