Sagun Khabar
बैतडीका प्रहरी प्रमुख फेरिए 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख रमेशबहादुर पालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४३ जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेको र त्यसमा बैतडीका प्रहरी प्रमुख पालको पनि सरुवा भएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी रमेशबहादुर पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको छ । उनको ठाउँमा पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाही आउने भएका छन् । 

यस्तै बझाङका प्रहरी प्रमुखको पनि सरुवा भएको छ । बझाङका प्रहरी प्रमुख ज्ञानबहादुर विष्टको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंमा सरुवा भएको छ । उनको ठाउँमा धादिङमा कार्यरत जागेश्वर भण्डारी आउने भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update