Sagun Khabar
मेलौली नगरपालिका र राष्ट्रिय भूमी आयोगबीच सम्झौता 

बैतडी –बैतडीको मेलौली नगरपालिका र राष्ट्रिय भूमी आयोगबीच सम्झौता भएको छ । नगरपालिकाभित्र रहेका सुकुम्बासी ,भूमीहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्झौता भएको नगर प्रमुख भीमबहादुर चन्दले बताए । 

शुक्रबार आयोगका पदाधिकारी र मेलौली नगरपालिकाका जनप्रतिनिधि सम्झौतामा हस्ताक्षर भएको हो । 
सम्झौता भएसंगै नगरपालिकाभित्र रहेका भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको काम शुरु हुने उनले बताए । तथ्यांक संकलन गरेर विवरण आयोगमा पठाइने नगर प्रमुख चन्दले बताए । 

जिल्लामा रहेको भूमी आयोगका जिल्ला समितिसंग समेत समन्वय गरेर काम अघि बढाइने छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update