बैतडी –बैतडीमा झण्डै एक लाख ८० हजार नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी १ लाख ७८ हजार ८ सय २० जनाले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् । यस्तै १ लाख ७७ हजार २ सय ९३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लामा १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको र लक्षित जनसंख्याको ८६.६ प्रतिशत नागरिकले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै ८५.८ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् भने ४७.२ प्रतिशत नागरिकले कोरोना विरुद्ध बुस्टर डोज लगाएका छन् ।
सबैभन्दा बढी जिल्लाको दशरथचन्द नगरपालिकामा ३६ हजार ९४१ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने २८ हजार ७२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पाटन नगरपालिकामा २७ हजार ९२९ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने २० हजार ५१८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा १५ हजार ९११ जनाले कोरोना विरुद्ध बुस्टर डोज लगाएका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिकामा २३ हजार ६४४ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने २३ हजार ६२१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा ५ हजार ८९६ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै मेलौली नगरपालिकामा १२ हजार ६१ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने १४ हजार २१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा ६ हजार २०२ जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा १३ हजार ८९६ जनाले पूर्ण खोप पाएका छन् भने १९ हजार ६८५ जनाले खोपको पहिलो मात्रा पाएका छन् । यो पालिकामा ८ हजार २५ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा १६ हजार ९४२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् भने २३ हजार २३६ जनाले खोपको पहिलो मात्रा पाएका छन् । यो पालिकामा ६ हजार ८९५ जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिकामा १० हजार ८३३ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने १० हजार ३१२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । सुर्नयामा ५ हजार ८९६ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा १३ हजार ५५४ जनाले पूर्ण खोप पाएका छन् भने १९ हजार १३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा ५ हजार २३० जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिकामा ११ हजार २५१ जनाले पूर्ण पाएका छन् भने ८ हजार ८२७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा ४ हजार ९९८ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै सिगास गाउँपालिकामा ११ हजार ७१९ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् भने ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो पालिकामा २ हजार ६२५ जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लामा अहिले पनि कोरोना विरुद्ध खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए ।




