Sagun Khabar
बैतडीको सुर्नया २ मा मदिरा बेचविखन गर्ने र जुवातास खेल्नेलाई कारबाही हुने

बैतडी- बैतडीको सुर्नया गाउँपालिका २ मा  मदिरा बेचविखन गर्ने र जुवातास खेल्नेलाई कारबाही हुने भएको  छ ।  यहि साउन १९ गते बसेको वडा कार्य समितिको बैठकले सार्वजनिक  स्थलहरुमा मदिरा बेचविखन  तथा ओसार पसार, जुवातास, र खडखडे खेल्ने  खेलाउनेलाई कानून अनुसार कारबाही गर्ने निर्णय गरेको हो । 

वडा कार्यालयले जारी गरेको सूचनामा मदिरा ऐन २०३१ विपरित वडाको ग्रामिण बस्ति र  सार्वजनिक स्थलहरुमा मदिरा बेचविखन तथा ओसार पसार र जुवातास, खडखडे जस्ता खेलहरु खेल्ने खेलाउनेलाई पहिलो पटकका लागि १ हजार जरीवाना गरिने उल्लेख गरिएको छ । 

यस्तै दोस्रो पटक २ हजार र तेस्रोपटक पनि त्यस्ता कृयाकलपा गरेको पाइएमा २ हजार  जरीवाना सहित कानून अनुसार कारबाही गरिने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update