Sagun Khabar
बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै, किसान चिन्तित 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा चितुवाले घरपालुवा पशु खान थालेको अढाई महिना  बढी भईसकेको छ । गएको अढाई महिना यता ५० भन्दा बाख्रा चितुवाले खाईसकेको सुर्नया गाउँपालिका वडा नं ८ ढोलेका स्थानीय तेजन बोहराले बताए । 

रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका उनले बताए । गएको चारदिनमा मात्रै किसानले पालेका चारओटा बाख्रा चितुवा खाइदिएको बोहराले बताए । 

चारपाँच ओटा चितुवा बथान सहित आउने गरेको स्थानीय विक्रम लुहारले बताए । नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पसेका उनले बताए । लगातार जसो चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीयबासीहरुमा त्रास फैलिएको उनले बताए । उनले भने ‘चितुवाले खोरभित्रबाटै बाख्रा र खसी लग्न थालेको छ । यसले गर्दा हामीहरुलाई धेरै समस्या भएको छ ।’

Atrya hospital

सुर्नयाका विभिन्न स्थानमा चितुवाले आतंक मच्चाएपछि चितुवा नियन्त्रणका उपायका बारेमा सरकारले सोच्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । चितुवा नियन्त्रणका लागि पहल नगरे व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका किसानहरुलाई समस्या हुने बताइएको छ । मानवबस्तीमा पसेर घरपालुवा जनावर खान थालेको चितुवाले मानिसमाथि समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update