Sagun Khabar
बैतडीको जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कर्मचारी मिलन केन्द्रका तर्फबाट मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

हरेक बर्षको श्रावण महिनामा जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्ने परम्परा अनुसार यो बर्ष पनि सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको हो । समस्त प्राणीको कल्याण, विश्व शान्ति, कोरोना महामारी नियन्त्रणको कामना गर्दै यज्ञ शुरु गरिएको बताइएको छ । 

जगन्नाथ मन्दिरमा सञ्चालन भएको महायज्ञमा सहभागी भइ भगवत वाणी श्रवणका लागि समेत आग्रह गरिएको छ । जगन्नाथ मन्दिरमा हरेक बर्षको श्रावणमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । जगन्नाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update