Sagun Khabar
अनेरास्ववियुले बैतडी प्रशासनलाई बुझायो ११ बुँदे ज्ञापन पत्र 

बैतडी –नेकपा एमालेको भातृ संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीले चर्को सवारी भाडा असुल्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने माग सहित ११ बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय बैतडीलाई बुझाएको छ । 

अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउदद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत चर्को सवारीभाडा नियन्त्रण, शिक्षा क्षेत्रमा भएको वेथिति, कालोबजारी, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि र कालोबजारी, जाँडरक्सी नियन्त्रण, सुरक्षा एवं बालिका बलात्कार घटनाका आरोपितलाइ कानूनी कारवाहीको माग गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले जिल्लाका यातायात व्यवसायीहरुले चर्को सवारी भाडा असुल्ने गरेको, बजारमा कालोबजारी मौलाएको, पेट्रोलियम पदार्थमा मिसावट तथा चर्को मुल्य लिने गरेको, मदिरा सेवनले घरेलु हिंसा लगायतका घटना बढेको, शिक्षा क्षेत्रमा वेथिति मौलाएको लगायतका घटनाहरु बढेकाले यस तर्फ अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चर्को भाडा लगायतका सन्र्दभका अन्य ठाउँबाट पनि गुनासो आएकाले यातायात व्यवसायिहरुसंग बसेर यसको समाधान निकालिने बताए । 
पेट्रोलियम पदार्थको विक्रिवितरण पनि पेट्रोल पम्पबाटै गराउनका लागि आगामी मंगलबार छलफल गरिने उनले बताए । 

an 11659862932.jpg

an 21659862986.jpg

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update