Sagun Khabar
बैतडीको सिद्धेश्वर माविमा चुरापोते बनाउने तालिम सञ्चालन 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा विद्यार्थीहरुका लागि कृष्टल माला तथा चुरापोते बनाउने तालिम सञ्चालन भएको छ । कक्षा ८ मा पढाइ हुने पेसा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तरगत विद्यार्थीहरुका तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले बताए । विद्यार्थीहरुलाई सीप सिकाएर आत्मनिर्भरताको बाटोमा डोर्याउन तालिम सञ्चालन गरिएको उनले बताए । 

एक हप्ता सम्म सञ्चालन हुने तालिमका लागि प्रति विद्यार्थी एक हजारका दरले शुल्क संकलन गरिएको र बाँकी लगानि विद्यालयले गर्ने पेशा व्यवसाय र प्रविधि शिक्षा पढाउने शिक्षक धर्मानन्द पाण्डेले बताए । 

विद्यार्थीहरुलाई विभिन्न किसिमका सीपमूलक तालिम दिएर उनीहरुलाई आत्मनिर्भर बनाउन सहयोग मिलोस भनेर तालिमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए । उनले भने ‘हामीले विद्यालयमा बालबालिकाहरुलाई बेलाबेलामा विभिन्न खालका सीपमूलक तालिम दिँदै आएका छौं । यसले बालबालिकाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्छ ।’
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update