Sagun Khabar
निर्माण व्यवसायी बिष्टले गरे बैतडीको गलिनाथ माविलाई चार लाख सहयोग 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका ७ स्थित गलिनाथ माविलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले चार लाख सहयोग गरेका छन् । जगदम्बा बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक बिष्टले विद्यालयमा फर्निचरका लागि सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बडूले बताए । 

विद्यालयलाई नमूना बनाउने अभियानमा आफूहरुले लागेको र काठमाण्डौंमा भएको भेटमा निर्माण व्यवसायी बिष्टले सो सहयोगको घोषणा गरेको अध्यक्ष बडूले बताए । विद्यालयका लागि फर्निचर निर्माण गर्ने र सो रकम बिष्टले भुक्तानी गर्ने सहमति भएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको पुर्चौंडी नगरपालिका घर भएका निर्माण व्यवसायी बिष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक सुधारमा सहयोग गरेको बताए । 

गलिनाथ माविलाई नमूना मावि बनाउने अभियानमा आफूहरुले लागेको बताउँदै अध्यक्ष बडूले यसअघि पनि विभिन्न ठाउँबाट डेढलाख सहयोग संकलन भएको बताए । 

५ सय विद्यार्थी अध्ययनरत रहेको गलिनाथ माविलाई नगरपालिकाकै नमूना मावि बनाउने अभियानमा आफूहरु लागेको पुर्चौंडी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्रबहादुर बमले बताए । उनले भने ‘अहिले हामी विद्यालयको टोली सहित काठमाण्डौंमा रहेका छौं । विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि अभियान थालेका छौं ।’

विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन तयारी समेत भइरहेको विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले बताए । यसका लागि शिक्षा मन्त्रीसंग समेत भेट भएको उनले बताए । उनले भने ‘हामीले विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनका बिषयमा मन्त्रीज्यूसंग भेटघाट गरेका छौं । भेटबाट हामी उत्साहित भएका छौं । दुर्गमको नमूना विद्यालय बनाउने अभियानमा हामी लागेका छौं ।’
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update