Sagun Khabar
सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै, एकैदिन थप १२१ जनामा संक्रमण पुष्टि 

बैतडी – सुदूरपश्चिममा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज सोमबार मात्रै प्रदेशभरी थप १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । 

९६७ जनाको नमुना एन्टिजेन विधि र ७७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १२१ जनामा संक्रमण फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलालीको सेती प्रादेशिक अस्पतालमा ६७ नमुनालाई पीसीआर परीक्षण गर्दा २२ जना र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ८ नमुना परीक्षण गर्दा २ जनामा  संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ । 

यस्तै कञ्चनपुरमा ७९८ नमुना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जना, कैलालीमा २९३ नमुना परीक्षण गर्दा १९, बैतडीमा १३ नमुना परीक्षण गर्दा १ र बझाङमा ३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।   
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update