Sagun Khabar
बैतडीका ४७ वडा सचिव विहिन 

बैतडी –देशमा संघीयता आएर दोश्रो पटक स्थानीय तहको निर्वाचन भइसक्दा समेत बैतडीका वडाहरुले वडा सचिव पाउन सकेका छैनन् । वडामा दरबन्दी अनुसारका सचिव नहुँदा सेवाग्राहीलाई समस्या हुँदै आएको छ । अधिकांश स्थानीय तहहरुले प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर कामकाजमा खटाएको पाइएको छ । 

महालेखा परीक्षकको हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार बैतडीका ८४ मध्ये ४७ वडा सचिव विहिन रहेका छन् । वडाहरुमा सचिव नहुँदा सार्वजनिक सेवा प्रवाह र प्राप्तिमा असहजता भइरहेको छ । प्रतिवेदनमा नियमानुसार पदपूर्ती गर्नुपर्ने समेत उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कतिपय स्थानीय तहहरुले रिक्त दरबन्दीका बिषयमा लोकसेवा आयोगलाई जानकारी नपठाउँदा समस्या रहेको बताइन्छ । जिल्लाको पुर्चौंडी नगरपालिकाका १० ओटै वडा सचिव विहिन रहेका छन् । सबै वडामा प्राविधिक सहायक तथा अन्य कर्मचारीलाई खटाएर वडाको कामकाज सञ्चालन हुँदै आएको छ । 

यस्तै जिल्लाको सिगासका गाउँपालिकाका ८ ओटा वडा सचिव विहिन छन् भने सुर्नया गाउँपालिकाका ८ मध्ये ७ ओटा वडा सचिव विहिन रहेका छन् । यस्तै मेलौली नगरपालिकाका ९ मध्ये ५ ओटा वडा सचिव विहिन छन् भने पाटन नगरपालिकाका १० मध्ये ७ वडामा सचिव छैनन् । 

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये ५ वडा सचिव विहिन छन् भने शिवनाथ गाउँपालिकाको ६ मध्ये एक वडामा मात्रै दरबन्दी पूर्ती हुन सकेको छौ् । यस्तै डिलाशैनी गाउँपालिका २, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका एक÷एक वडामा सचिव नरहेका बताइएको छ । 

वडा सचिव नभएका वडाहरुमा दरबन्दी परीपूर्तीका लागि पालिकाले लोकसेवा आयोगलाई माग गर्नुपर्ने हुन्छ । तर कतिपय पालिकाहरुले अझै रिक्त दरबन्दीका बिषयमा आयोगलाई जानकारी गराएका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update