Sagun Khabar
बैतडीको खोड्पेमा कोल्डस्टोर सञ्चालन 

बैतडी –बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा कोल्ड स्टोर सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमीराज कोल्डस्टोरको बाँकी लगानि गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको हो । 

कोल्डस्टोर स्ञ्चालनमा आएसंगै आलुको बीउ भण्डारणका लागि किसानहरुलाई सहज हुने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले बताए । खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएको र कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरुलाई सहज हुने उनले बताए । सोमबार एक कार्यक्रमको आयोजना गरेर कोल्डस्टोरको उद्दघाटन गरिएको भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै तरकारी भण्डारणका लागि समेत कोल्डस्टोरले सहज हुने स्थानीय मोहन बिष्टले बताए । आलुको बीउ, तरकारी लगायत अन्य कृषि उपज भण्डारणका लागि किसानहरुलाई सहयोग पुग्ने उनले बताए । 
१० टन क्षमताको कोल्डस्टोर खोड्पेमा सञ्चालनमा आएकाले पाटन नगरपालिका वडा नं ८,९ र १० किसानहरुलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए । 

पाटन नगरपालिकाका वडा नम्बर  ८ , ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन् । यो क्षेत्रमा आलु , काउली ,बन्दा ,टमाटर लगायतका तरकारी बढी मात्रामा उत्पादन हुने गर्दछ । बिशेष गरेर आलुका लागि पकेट क्षेत्र मानिएको यस क्षेत्रका किसानहरुले सहुलियत मूल्यमा भण्डारण गर्न सक्ने बताइएको छ । 

आलुको बीउ भण्डारणका लागि समस्या झेलिरहेका यो क्षेत्रका किसानहरुलाई अब आलुको बीउ भण्डारणमा सहजता हुने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update